पर्सामा प्रहरीले नष्ट गर्‍यो १२ लाख मूल्य बराबरको पटका

तिहार तथा छठ पर्वमा मनोरञ्जनका लागि भारतबाट लुकाईछिपाई पटकाजन्य वस्तु नेपाल भित्र्याइन्छ ।

कार्तिक १, २०८२

शंकर आचार्य

Police destroy firecrackers worth Rs. 1.2 million in Parsa

पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले विभिन्न मितिमा जाँचका क्रममा बरामद गरेको १२ लाख मूल्य बराबरको बेवारिसे पटाकाजन्य पदार्थ जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरेको छ ।

स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहोबरमा ती वस्तु नष्ट गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् । 

तिहार तथा छठ पर्वमा मनोरञ्जनका लागि भारतबाट लुकाईछिपाई पटकाजन्य वस्तु नेपाल भित्र्याइन्छ । 

भारतीय बजारमा खुल्ला रुपमा तथा सस्तो पाइने भएकाले यो नाकाबाट बर्सेनि यसै सिजनमा पटाकाजन्य वस्तुको व्यापक तस्करी हुने गरेको छ । यहाँबाट भित्रिने पटकाजन्य वस्तुहरु संघीय राजधानी काठमाडौंसम्म पनि पुग्छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully