पञ्चायतकालमा पटकपटक जेल जीवन बिताएका गाैतम नेविसंघका संस्थापक सदस्य, बारा कांग्रेसका सभापति हुँदै प्रजातन्त्रपछि दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक बिनाविभागीय मन्त्री थिए ।
बारा — निडर र कडा स्वभावले परिचित बाराका पुराना कांग्रेस नेता ऋषिकेश गाैतमकाे शनिबार निधन भएकाे छ ।
स्थायी घर कलैया-४ भई पछिल्लाे समय काठमाडाैंमा बस्दै आएका ८६ वर्षीय गाैतमकाे काठमाडाैंमै निधन भएकाे उनका छिमेकी ८० वर्षीय वामपन्थी नेता गाैरीशंकर गाैडले बताए । पञ्चायतकालमा पटकपटक जेल जीवन बिताएका गाैतम नेविसंघका संस्थापक सदस्य भई बारा कांग्रेसका सभापति हुँदै प्रजातन्त्रपछि बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक बिनाविभागीय मन्त्री थिए ।
प्रजातन्त्रका लागि अतुलनीय याेगदान गरेका गाैतमकाे निधनले जिल्लाले एक इमानदार र हक्की नेता गुमाएकाे नेता गाैडले बताए ।
