दुई पक्षको दाबीले मधेशमा मुख्यमन्त्री नियुक्तिमा तनाव

अहिले प्रदेश प्रमुख कार्यालय परिसरमा ठूलो संख्यामा नेता कार्यकर्ता छन् भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आश्विन २९, २०८२

कमलेश ठाकुर

The tension in the appointment of the Chief Minister in Madhesh due to the claims of two parties

जनकपुरधाम — मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिए पनि निष्कर्ष नआउँदा प्रदेश प्रमुख कार्यालयमा तनाव बढेको छ ।

दुई पक्षबाट दाबी परेकाले प्रदेश प्रमुख कार्यालयमा तनाव बढेको छ ।

बुधबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस भएको थियो । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनको दाबी परेको थियो ।

तर सोनलको समर्थनमा गणना गरिएका जनमतका सतिशकुमार सिंह र त्रिभुवन साहले पछि निर्वाचन कार्यालयमा जनस्वराज पार्टी रोजेर सनाखत गरेपछि अवस्था पेचिलो बनेको हो ।

यस्तै, कांग्रेसबाट कृष्णप्रसाद यादवको नेतृत्वमा एमाले र जनमतका ५८ सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरिएको छ । 

अहिले प्रदेश प्रमुख कार्यालय परिसरमा ठूलो संख्यामा नेता कार्यकर्ता छन् भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । दुवै पक्षबीच छलफल जारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully