नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहमति गरिसकेका छन् ।
जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज मधेश प्रदेश सभामा लिन लागेको विश्वासको मतमा तीन दल तटस्थ रहने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले तटस्थ रहने निर्णय गरेका हुन् ।
तीनै दलले आज अन्तिम समयमा दलको बैठक बसेर सो निर्णय गरेको जनाएका छन् । सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सर्मथन फिर्ता लिँदै मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
यसअघि नै प्रमुख तीन दल एमाले, कांग्रेस र जनमतले सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिइसकेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहमति गरेका छन् ।
