मधेशका मुख्यमन्त्री सिंह विश्वासको मत लिदैं

सत्ता सहयात्री दलहरुले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिने भएका छन् ।

आश्विन २८, २०८२

अजित तिवारी

I am taking the vote of Madhesh Chief Minister Singh Biswas

काठमाडौँ — आफ्नै दल जनमतसहित सत्ता सहयात्री दलहरुले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिने भएका छन् ।

दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत सामना गर्दैछन् । जेन–जी आन्दोलन चर्किएपछि गत भदौं २४ गते राजिनामा दिने घोषणा गरेका मुख्यमन्त्री सिंहले पछि तरल राजनीति अवस्थाको कारण देखाउँदै आफ्नै सरकारको निरन्तरता खोजेपछि सत्ता साझेदार दलहरुले समर्थक फिर्ता लिएका थिए । मुख्यमन्त्री सिंहको आफ्नै दल जनमत पार्टीले सुरुमा समर्थन फिर्ताको घोषणा गरेपछि क्रमशः कांग्रेस, एमाले र लोसपा पनि सिंह सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएको थिए ।

मुख्यमन्त्री सिंहले विश्वासको मतको सामना गर्ने अडान लिएपछि उनकै आग्रहमा प्रदेशसभा सचिवालयले मंगलबारको बैठकमा विश्वासको मत लिने कार्यसूचि तय गरेको छ ।

एक सात अघि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने भन्दै कांग्रेस, एमाले र जनमत पार्टीले प्रदेश प्रमुख कार्यालयलाई दाबी पत्र बुझाइसकेको छन् । लोसपाले भने आफ्नै नेतृत्वमा कांग्रेस र एमालेवाहेकका दल मिलेर सरकार बनाउने कसरत गरिरहेको छ । मुख्यमन्त्री सिंह भने विश्वासको मत पाउनेमा आशावादी देखिन्छ । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully