प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत गरेको हो जानकारी दिएको हो ।
जनकपुरधाम — मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ । अहिले प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सिंहले राजीनमा दिएको हुँदा स्वीकृत गरेको हो ।
संविधानको धारा १६९ उपधारा (१) को खण्ड ‘क’ अनुसार राजीनामा दिँदा प्रदेश प्रमुख सुमित्रा भण्डारीले राजीनामा स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही विज्ञप्तिमा संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभए सम्मको लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको कार्यभार सञ्चालन गर्न तोकिएको छ ।
मधेश प्रदेश सभामा आज विश्वासको मत लिने सिंहले तयारी गरेका थिए । तर, अल्पमतमा रहेको देखिएपछि मत विभाजनमा जानुअघि आफ्नो कुरा राख्दै रोष्ट्रमबाट राजीनामा दिएका थिए ।
