मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।

आश्विन २८, २०८२

कमलेश ठाकुर

A call for the formation of a new government in Madhesh province

जनकपुरधाम — मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आहृवान भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।

मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले आजै मधेश प्रदेशसभामा आफ्नो भनाइ राख्दै राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गर्दै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएकी हुन् ।

मधेशमा सिंह नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तीन दलले सहमति गरेका छन् । कांग्रेसलाई सबैभन्दा ठूलो दल एमाले र जनमत पार्टीको सर्मथन रहेको छ । तथापि समिकरण फेरिन सक्ने चर्चा पनि भइरहेको छ । 

A call for the formation of a new government in Madhesh province

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully