महोत्तरीबाट ३० किलो गाँजासहित ५ जना पक्राउ

उनीहरूविरुद्द मुद्दा दायर गरी जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

आश्विन २८, २०८२

सुनिता बराल

5 people arrested with 30 kg ganja from Mahottari

महोत्तरी — माहोत्तरीबाट ३० केजी गाँजा बरामद भएको छ भने ५ जना समातिएका छन् । 

बर्दिवास-४ स्थित पञ्चधुरा मन्दिर क्षेत्रबाट झाडीमा लुकाइराखेको १० केजी र मनराशिसवा-२ भोल्हीबाट २० केजी गाँजासहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सर्लाही हरिवन-४ का २३ वर्षका डेनिस घिसिङ, २९ वर्षका राज बुलन, जनकपुर उपमहानगरपालिका-२ का वर्ष २६ का धिरण यादव, वर्ष २४ का उमेश यादवलाई पञ्चधुराबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए । 

त्यस्तै, सरपल्लोबाट भोल्हीतर्फ जाने क्रममा अनटेस्ट लेखिएको पल्सर बाइक जाँच गर्दा फेला परेको ४ पोका (२० केजी) गाँजासहित महोत्तरी सोनमा-१  बस्ने ३१ वर्षका रामभरोस यादवलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको भट्टले बताए ।

उनीहरूविरुद्द मुद्दा दायर गरी जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।  

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully