काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेले पैसा अभावमा औषधिसमेत पाउन छाडेपछि राजमार्ग बन्द गर्नु परेको घाइते परिवारका सदस्य नवराज विसङ्ख्यले बताए ।
What you should know
महोत्तरी — गत असोज १७ गते महोत्तरीको बर्दिवास–११ खयरमारामा भएको बस दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले बीपी राजमार्ग बन्द गराएका छन् ।
बीपी यातायात प्रालिको ना ६ ख १४६४ नम्बरको यात्रुबाहक बस सर्लाहीको घारीबथान बाट काठमाडौं जाने क्रममा बर्दिवास– ११ खयरमारा दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका ६ जनालाई हेलिकप्टरबाट सोही दिन उपचारका लागि काठमाडौं लगिए पनि यातायात व्यवसायी संघ र बस सञ्चालकले आवश्यक समन्वय नगरिदिँदा बिरामीको उपचार नभएको पीडित पक्षको गुनासो छ ।
काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेले पैसा अभावमा औषधिसमेत पाउन छाडेपछि राजमार्ग बन्द गर्नु परेको घाइते परिवारका सदस्य नवराज विसङ्ख्यले बताए ।
पीडितका अनुसार बर्दिवास–११ खयरमाराको एकै परिवारका ४ जना घाइतेहरुमा ४१ वर्षकी गिता कुमारी विश्वकर्मा, छोरा २२ वर्षका हिरालाल, बुहारी बुद्धिमाया र भतिजी सुनिता विश्वकर्मा भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारत छन् ।
त्यस्तै बर्दिवास १० का एकै परिवारका ४० वर्षका दिर्जमान गोले उनकी श्रीमती ४४ वर्षीया निर्मला तामाङ र छोरी १६ वर्षकी अस्मिता गोले र बर्दिवास ११ कि २३ वर्षकी बिना विसङ्ख्य राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । पाटन अस्पतालमा समेत २ जना बिरामी उपचाररत रहेको पीडित पक्षले बताएका छन् ।
गम्भीर अवस्थाका बिरामीले उपचार नपाएपछि आवश्यक छलफल र समन्वय बस सञ्चालक र यातायात प्रालिले नगरेपछि राजमार्ग नै बन्द गर्न स्थानीय बाध्य भएको बर्दिवास–१० का अध्यक्ष प्रमोद मोक्तानले बताए ।
अतियन्त्रित भई खयरमारा लक्ष्मिनारायण माध्यमिक विद्यालयको पर्खाल तोडेर पल्टिएको बसमा सवार १ जनको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको थियो भने झण्डै ४० जना यात्रु घाइते भएका थिए । बिरामीका लागि उपचारको सुनिश्चितता नभएसम्म राजमार्ग बन्द रहने प्रदर्शनकारीले चेतावनी दिएका छन् ।
