सिरहाबाट २ क्वीन्टलबढी गाँजा नियन्त्रणमा

९ वटा बोरामा रहेको २ सय १९ किलो ४ सय ग्राम गाँजा बरामद भएको सशस्त्रका सिरहाका एसपी नरेश भण्डारीले बताए ।

आश्विन २४, २०८२

विनय आजाद

2 quintals of marijuana seized from Siraha

सिरहा — सिरहाबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले भगवान गाउँपालिका-२ स्थित बलान नदीको किनार क्षेत्रबाट २ क्वीन्टलबढी गाँजा नियन्त्रणमा लिएको हो ।

बलान खोला किनारमा गाँजा रहेको भन्ने गोप्य सूचनाका आधारमा गएको सशस्त्रको टोलीले शुक्रबार बिहान ३ बजेको समयमा ९ वटा बोरामा रहेको २ सय १९ किलो ४ सय ग्राम गाँजा बरामद भएको सशस्त्रका सिरहाका एसपी नरेश भण्डारीले बताए ।

सशस्त्रले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त गाँजा जिल्ला प्रहरी कार्यालय, सिरहामा बुझाउने तयारी गरेको छ । यसमा संलग्न व्यक्ति वा समूह पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully