५८ सांसदको समर्थनसहित मधेश सरकारमा कांग्रेसको दाबी पेस

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा कार्यालयका निमित्त सचिव सत्रुधन यादवलाई बुझाइएको छ ।

आश्विन २२, २०८२

कमलेश ठाकुर

With the support of 58 MPs, Congress submitted its claim to the Madhesh government

जनकपुरधाम — मधेस प्रदेश सरकारमा कांग्रेसले दाबी पेस गरेको छ । बुधबार साँझ कांग्रेसले तीन दलका ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि एमालेले दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा कार्यालयका निमित्त सचिव सत्रुधन यादवलाई बुझाइएको छ ।

यादवले अहिले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहमति भए पनि मन्त्रालयको विषयमा टुंगो नलागेको जानकारी दिए । मधेश प्रदेशसभामा १०७ सांसद छन् । तर, लोसपा र एमालेका एक/एक सांसद हाल निलम्बित छन् । सरकार गठनको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

तीन दलले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गरेको दाबी प्रस्तुत गरेको पत्रमा उल्लेख गरिएको छ । 

एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो । अहिले जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने नजाने तय गर्न सकेका छैनन् ।

With the support of 58 MPs, Congress submitted its claim to the Madhesh government 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully