रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड रुपैयाँको क्षति

नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानी भएको हो । 

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Damage of 15 crore rupees when Red river broke the embankment

महोत्तरी — रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानी भएको हो । 

करिब १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७०  र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर  डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । 

नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो । बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully