जलेश्वरमा डुबेर बालकको मृत्यु

११ वर्षीय सलमान साफीको डुबेर मृत्यु

आश्विन २२, २०८२

सन्तोष सिंह

Child drowned in Jaleshwar

महोत्तरी — जलेश्वरमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार दिउँसो नुहाउन गएका बालकको बाढीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

जलेश्वरको परिक्रमा गाछीनजिकै जलेश्वर नगरपालिका- ६ का ११ वर्षीय सलमान साफीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो १ बजे डुबेको खबर आएपछि पानीमा बालकलाई खोज्न प्रहरी परिचलान भएको थियो ।

प्रहरीले मृत अवस्थामा बालकलाई फेला पारेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाएको छ । महोत्तरीको रातु नदीले बाँध बगाएर पानी जलेश्वर प्रवेश गरेपछि खाल्डाहरूमा पानी जमेको छ ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully