भाडसरस्थित लखन्देही खोलामा स्थानीय चार जना युवक नुहाउन गएकोमा स्थानीय विनोद ठाकुरका छोरा १८ वर्षीय ओम ठाकुरको खोलामा डुबेर मृत्यु भएको हो ।
सर्लाही — सर्लाहीको मलंगवा नगरपालिका–५, भाडसरमा मंगलबार मध्याह्न लखन्देही खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
भाडसरस्थित लखन्देही खोलामा स्थानीय चार जना युवक नुहाउन गएकोमा स्थानीय विनोद ठाकुरका छोरा १८ वर्षीय ओम ठाकुरको खोलामा डुबेर मृत्यु भएको हो । खोलामा डुबेर बेपत्ता ठाकुरलाई स्थानीय र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा दुई घण्टापछि मृत अवस्थामा बाहिर निकालेका थिए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको छ । खोलाले बगाएकामध्ये अन्य तीन जना भने पौडेर सकुशल बाहिर निस्कन सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
