बागमती नदीमा डुबेर वृद्धाको मृत्यु  

नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा माधवनायाण नगरपालिका–८ की ७५ वर्षीया पन्मादेवी रायको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आश्विन १९, २०८२

शिव पुरी

Old woman drowned in Bagmati river

रौतहट — बागमती नदीमा आएको बाढीमा दाउरा टिप्न गएकी माधवनारायण नगरपालिकाकी एक वृद्धाको आइतबार डुबेर मृत्यु भएको छ । 

 माधवनायाण नगरपालिका–८ का हरिवंश रायको श्रीमती ७५ वर्षीया पन्मादेवी रायको नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

पन्मादेवी घरदेखि झन्डै २ किलोमिटर उत्तर पूर्वमा पर्ने बागमती खोलामा दाउरा टिप्न गएकी थिइन्। घटनापछि स्थानीय र प्रहरीको सहयोगमा शवलाई खोलाको किनारमा निकालिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । लगातार वर्षाका कारण बागमती नदीमा बाढी आएको छ । स्थानीय प्रशासनले नदीको किनार नजान अनुरोध गरेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully