औरही खोलाले दुई पुलका मुख बगाउँदा आवागमन अवरुद्ध

औरही खोलामा आएको बाढीले पुलको पूर्वतिरको भाग बगाएपछि यहाँको आवागमन बन्द भएको छ ।

आश्विन १९, २०८२

अजित तिवारी

Another river washed away the mouths of two bridges, blocking traffic

जनकपुर — दुई दिनदेखि परिरहेको ठूलो पानीका कारण धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ मंगलपुर र महोत्तरीको सीतापुर जोड्ने पुलको एक भाग बगाएको छ ।

औरही खोलामा आएको बाढीले पुलको पूर्वतिरको भाग बगाएपछि यहाँको आवागमन बन्द भएको छ । सशस्त्र प्रहरी धनुषाका एसपी निर्मल खड्काले दुवै पुलको पूर्वतिरको मुख खोलाको उच्च बहावले बगाएको बताए । 

एसपी खड्काका अनुसार धनुषाको लालगढस्थित पूर्वपश्चिम राजमार्गको रातु खोलाको बहावले पुललाई हल्का कटान गरेको छ ।

रातु खोलामा पानीको सतह लगातार कम भइरहेकाले पुललाई कटान हुनबाट जोगाउन सकिने उनको भनाइ छ ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully