माटो खान्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
सर्लाही — सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटोको ढिस्कोमा पुरिएर चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक वृद्धा तीन बालबालिका छन् ।
माटो खान्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
बुधबार बिहान करिब ९:२० बजेको समयमा स्थानीय महिलाहरु तथा बालबालिका खुर्पाले माटो खन्ने क्रममा अचानक ढिस्को खसेपछि पुरिएका थिए ।
घटना भएको खबर आएलगत्तै इलाका प्रहरी कार्यालय हरिपुर्वाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरुलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
उपचारको क्रममा अस्पतालले चारै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।