जेन–जी आन्दोलनमा ज्यान गुमाएका परिवारले बुझे राहत

नेपाल सरकारबाट विनियोजन भएको राहत रकम सुवेदीकी पत्नी पार्वती अधिकारीलाई १५ लाख रुपैयाँ आइतबार प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

आश्विन १२, २०८२

ओमप्रकाश ठाकुर

The families of those who lost their lives in the Zen-G movement are relieved

सर्लाही — जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देवकुमार सुवेदीका परिवारले सरकारबाट उपलब्ध राहत रकम बुझेका छन् ।

नेपाल सरकारबाट विनियोजन भएको राहत रकम सुवेदीकी पत्नी पार्वती अधिकारीलाई १५ लाख रुपैयाँ आइतबार प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयअनुरुप मृतकका परिवारका लागि राहतस्वरुप १० लाख क्षतिपूर्ति र ५ लाख खर्च गरी १५ लाख रकम गृह मन्त्रालयबाट प्राप्त भएको थियो ।

जेन-जी आन्दोलनको क्रममा सुवेदीको काठमाडौंमा ज्यान गएको थियो । 

ओमप्रकाश

Link copied successfully