राजविराज कारागारबाट भागेका दुई कैदी मृत भेटिए

जेन–जी आन्दोलनको मौका छोपी भदौ २५ मा कारागारभित्र आगजनी गरेर यहाँका दुई सय ५ कैदीबन्दी भागेका थिए ।

आश्विन १०, २०८२

विद्यानन्द राम

Two prisoners who escaped from Rajviraj Jail were found dead

राजविराज — गत भदौ २५ मा राजविराज कारागारबाट भागेका दुई जना कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ मृत भेटिएका हुन् । 

बरही भदौ २६ गते विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरमा र तामाङ २७ गते राजगढ गाउँपालिका–३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको डीएसपी बस्नेतले बताए । ‘दुवै जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान हुँदै छ ।’

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तामाङलाई २५ वर्ष कैद सजाय भएपछि ०७५ पुस १५ मा कारागार चलान भएका थिए भने बरही पनि कर्तव्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेका थिए । 

जेन–जी आन्दोलनको मौका छोपी भदौ २५ मा कारागारभित्र आगजनी गरेर यहाँका दुई सय ५ कैदीबन्दी भागेका थिए ।हिलेसम्म एक सय ३ जना कैदीबन्दी पक्राउ परेका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully