केन्द्रीय कारागारबाट भागेका कैदी पक्राउ

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई मंगलबार साँझ साढे ७ बजेतिर उनकै घरबाट पक्राउ गरेको हो ।

आश्विन ८, २०८२

शंकर आचार्य

Escaped prisoner arrested from Central Jail

पर्सा — भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौंबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका–५ सिमराका ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन् । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई मंगलबार साँझ साढे ७ बजेतिर उनकै घरबाट पक्राउ गरेको हो । कुर्मीले आफ्नै पत्नी ३५ वर्षीया संगीता देवी कुर्मीलाई घाँटी थिचि कर्तव्य गरी मारेको मुद्दामा पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद तोकिएको छ । 

कुर्मीलाई सम्बन्धित कारागार कार्यालयमा पठाइने पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully