जलेकै भवनमा मधेश प्रदेशसभा सुरु

मंगलबार छैटौं अधिवेशनको तेस्रो बैठक बसिरहेको छ ।

आश्विन ७, २०८२

कमलेश ठाकुर

Madhesh Provincial Assembly started in Jalekai building

जनकपुरधाम — जलेकै भवनबाट मधेश प्रदेशसभा मंगलबारदेखि सुरु भएको छ । मंगलबार छैटौं अधिवेशनको तेस्रो बैठक बसिरहेको छ ।

शुभकामना अदानप्रादन र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र सुनाउने कार्यसूची रहेको छ ।

जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनपछि बसेको पहिलो बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका सांसदहरु दुई कित्तामा बसेका छन् । केही सांसद सत्तापक्षमा बसेका छन् भने केही सांसद प्रतिपक्षमा बसेका छन् ।

Madhesh Provincial Assembly started in Jalekai building

जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो दलका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा दिएका थिए । तर मुख्यमन्त्री सिंहले राजीनामा दिन नमाने पछि जनमतका बाँकी प्रदेशसभा सदस्य प्रतिपक्षमा बसेका हुन् ।

दलका नेता यादवले सभामुख रामचन्द्र मण्डललाई आफूहरू प्रतिपक्षमा बस्ने भनेपछि उनले सोहीअनुसार सिटको व्यवस्थापन गरेका हुन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully