झुठा वतन र झुठा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता लिएको तथा लिन खोजेको घटनामा यादवले सिफारिस तथा सनाखत गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले २०८१ असार ३ गते मुद्दा दर्ता गरेको थियो ।
सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुवोध राय यादवलाई झुठा विवरणका आधारमा नागरिकता वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उक्त वडाबाट चार जनाले झुठा वतन र झुठा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता लिएको तथा लिन खोजेको घटनामा यादवले सिफारिस तथा सनाखत गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले २०८१ असार ३ गते मुद्दा दर्ता गरेको थियो । यस क्रममा यादवलाई प्रहरीले शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ ।
अदालतबाट १५ दिनको म्याद थप भएपछि आवश्यक अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
