बिहीबार प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षमा सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको हो ।
पर्सा — वीरगन्जमा लगाइएको कर्फ्यु स्थानीय प्रशासनले हटाएको छ । जेनजी आन्दोलनको पहिलो दिनदेखि वीरगन्जका विशेष क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो ।
बिहीबार प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षमा सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको हो ।
पछिल्लो समय वीरगन्जको पूर्वमा बाइपास सडक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकरचार्य गेटसम्म राति ९ देखि बिहान ५ समय कर्फ्यु लगाइएको थियो ।
बैठकले यसअघि घोषित दंगाग्रस्त क्षेत्र भने कायमै राखेको छ । घण्टाघर चोकदेखि गण्डक चोकसम्मको क्षेत्र र वीरगन्ज कारागार र सोको कम्पाउण्ड क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषित गरिएको छ ।