जनप्रतिनिधि र कर्मचारीहरुको मंगलबारको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिकाले जेन–जीको आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सहयोग गर्न दुई दिनको तलब–भत्ता बराबरको ५ लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा दिने निर्णय गरेको छ ।
जनप्रतिनिधि र कर्मचारीहरुको मंगलबारको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
‘पुनर्निर्माणमा सहयोग पुगोस् भनी उद्देश्यले हामीले दुई दिनको तलब–भत्ता राष्ट्रिय पुनर्निर्माण कोषमा जम्मा गर्ने सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुले स्वतीस्फूर्त रुपमा निर्णय लिएका छौं,’ गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘हामीले सर्वसाधारणलाई कुनै पनि प्रकारको असुविधा नहुने गरी प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ परिष्कृत ढंगबाट सेवा गर्ने दृढ प्रतिबद्धतासहित काम गरिरहेका छौं ।’
बैठकले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सहादत प्राप्त गरेको सहिदहरुप्रति श्रद्धाञ्जलीका साथै आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
