ट्रलीमाथि तार अड्किॅंदा टिपर चालक जोगिए पनि गाउँपालिकाका आधा दर्जन गाउँमा विद्युत् अवरुद्ध भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । उनकाअनुसार सखडा, गोविन्दपुर, लालापट्टी, हाटी, लोखरम, कोचाबखारी, खुदीबखारीमा विद्युत् अवरुद्ध भएको हो ।
राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका-३, गोविन्दपुरमा गुडिरहेको टिपरमा तार अड्किएर शुक्रबार पोल ढल्दा आधा दर्जन गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । सखडा-नेउर सडकखण्डको मर्मतमा खटाइएको म.प्र.०३-००१ ख ७६०८ नम्बरको टिपरमा एनटी तार अड्किएर एउटा पोल ढलेको हो ।
गुडिरहेको टिपरको ट्रलीमाथि तार अड्किॅंदा सडकमै पोल ढलेको प्रत्यक्षदर्शीले बताए । ट्रलीमाथि तार अड्किॅंदा टिपर चालक जोगिए पनि गाउँपालिकाका आधा दर्जन गाउँमा विद्युत् अवरुद्ध भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । उनकाअनुसार सखडा, गोविन्दपुर, लालापट्टी, हाटी, लोखरम, कोचाबखारी, खुदीबखारीमा विद्युत् अवरुद्ध भएको हो ।
पोल मर्मत गराउन विद्युत् प्राधिकरण, राजविराजसॅंग समन्वय भइरहेको अध्यक्ष चौधरीले बताए । पोल ढल्दा नेउर बोर्डर हुँदै छिन्नमस्ता मन्दिरसम्मको सडक पनि अवरुद्ध भएको जनाएको छ ।
