जसपा नेपालले जलायो भूमि विधेयक

विधेयक राष्ट्रियहीत विपरीत रहेको भन्दै आन्दोलनरत जसपा नेपालले शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा बजारमा प्रदर्शनका क्रममा विधेयक जलाएका हुन् ।

भाद्र १३, २०८२

विद्यानन्द राम

Jaspa Nepal burnt the Land Bill

राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता, कार्यकर्ताले भूमि विधेयक जलाएका छन् । उक्त विधेयक राष्ट्रियहीत विपरीत रहेको भन्दै आन्दोलनरत जसपा नेपालले शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा बजारमा प्रदर्शनका क्रममा विधेयक जलाएका हुन् । शुक्रबार पनि तोपामा भेला भएका उनीहरुले झाडु बोकेर प्रदर्शन गरे । 

प्रदर्शनपछि आयोजना गरिएको सभामा केन्द्रीय सदस्य बबी यादवले वर्तमान सरकारले आफ्ना नेता, कार्यकर्ता तथा भू–माफियाको पक्षपोषण गर्न विधेयक पारित गर्न लागेको बताइन् ।

पार्टीका जिल्ला सचिव निरज मुक्तिले मधेशका भूमिलाई मरुभूमि बनाउन सरकारले ल्याएको विधेयकमा सहमति नजनाउँदा केन्द्रीय अध्यक्षलाई फसाउन षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले विधेयक फिर्ता नलिइए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

Jaspa Nepal burnt the Land Bill

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully