भूमि विधेयकविरुद्ध सप्तरीमा जसपा नेपालको प्रदर्शन

बोदे बरसाइन नगरपालिका–५ स्थित शत्रुधन चोकमा भेला भएका नेता कार्यकर्ताले पार्टीको झन्डा बोकेर बजारभरि प्रदर्शन गरेका हुन् ।

भाद्र १२, २०८२

विद्यानन्द राम

Jaspa Nepal's demonstration against the Land Bill in Saptari

राजविराज — भूमि विधेयकविरुद्ध आन्दोलन सुरु गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल आबद्ध नेता कार्यकताले बिहीबार सप्तरीको बोदे बरसाईन बजारमा प्रदर्शन गरेका छन् ।

बोदे बरसाइन नगरपालिका–५ स्थित शत्रुधन चोकमा भेला भएका नेता कार्यकर्ताले पार्टीको झन्डा बोकेर बजारभरि प्रदर्शन गरेका हुन् ।

पुनः फर्किएर सोही चोकमा विरोधसभाको आयोजना गरेका उनीहरुले भूमि विधेयक देश र जनताको हितमा नभई भू–माफिया र दलालहरुको पक्षपोषण गर्न पारित गर्न लागेको आरोप लगाए । पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले भूमि विधेयक पारित भए मधेशका भूमि स्थायी रुपमा मरुभूमिमा परिणत हुने बताए ।

केन्द्रीय सदस्य शैलेन्द्रमोहन झाले राष्ट्रियहीत विपरीत ल्याइएको भूमि विधेयकमा समर्थन नजनाउँदा राष्ट्रिय अध्यक्षलाई फसाउन खोजेको आरोप लगाए । वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न तथा जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न सुरु गरिएको आन्दोलन सशक्त रुपमा अघि बढाउने उनको भनाइ छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully