अवैध सुर्ती बरामद गरी कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
रौतहट — रौतहटको ईशनाथ नगरपालिका-४ मठियाबाट सशस्त्र प्रहरीले ३० बोरा अवैध सुर्ती बरामद गरेको छ ।मठियास्थित रामसिंह चनौको भट्टी पसलबाट अवैध सुर्ती बरामद भएको हो ।
आइतबार राति सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटरका गणपति एसपी सन्तोषकुमार बस्नेत र बीओपी औरैयाबाट सहायक प्रहरी निरीक्षक खेमराज जोशीको कमाण्डमा खटिएको टोलीले ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
एसपी बस्नेतले अवैध सुर्ती बरामद गरी कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको बताए । भन्सार छलेर ल्याइएको सुर्तीबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
