निभासा इन्डष्ट्रिज प्रालिमा बुधबार बिहान पौने १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।
पर्सा — वीरगन्ज महागनरपालिका–२१ परवानीपुरस्थित एक उद्योगमा बुधबार आगलागीबाट ठूलो क्षति भएको छ । स्थानीय फरजाना खातुनले आफ्नो ३ तले घरको भुइँ तल्लाको उत्तर तर्फको सटरमा सन्चालन गरेको निभासा इन्डष्ट्रिज प्रालिमा बिहान पौने १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।
उद्योगमा सोफाको खोल उत्पादन गरिन्छ । प्रहरीले बारुणयन्त्रको मद्दतले एक घण्टामा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय र चौपायाको क्षति नभए पनि भौतिक क्षति भएको छ ।
उद्योगको ३२ लाख मूल्य बराबरको एउटा हिट ट्रान्सफर्मर, २ लाख २० हजार मूल्य बराबरको एउटा ७२ केभिएको सर्बो स्टेपलाइजर, ३ लाख मूल्य बराबरको एउटा रोलिङ मेसिन, २ लाख मूल्य बराबरको २ वटा वाइरिङ पार्टस सेट गरी ३९ लाख २० हजार बराबरको क्षति भएको दाबी गरिएको छ ।
