करिब ३६ हजार साउदी रियालसहित युवक पक्राउ

खडक नगरपालिका–११ लंका टोलका मो. खुर्शिद आलम स्रोत नखुलेको रियालसहित पक्राउ परेका छन्, उनलाई आन्तरिक राजस्व कार्यालय ईटहरी पठाइएको छ।

भाद्र २, २०८२

विद्यानन्द राम

A young man was arrested with about 36 thousand Saudi riyals

राजविराज — सप्तरीको राजविराज विमानस्थलबाट झण्डै ३६ हजार साउदी रियालसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो राजविराजबाट काठमाडौं जान लागेका खडक नगरपालिका–११ लंका टोलका ३३ वर्षीय मो. खुर्शिद आलमलाई नियन्त्रणमा लिएको हो ।

विमानस्थलमा चेकजाँचका क्रममा आलमको साथबाट स्रोत नखुलेको ३५ हजार ९ सय ७६ साउदी रियाल बरामद भएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

‘उनी आफैंले कमाएर ल्याएको रियाल पनि हुनसक्छ तर बैंकमार्फत आउनुपर्ने रकम बोकेर ल्याउन मिल्दैन,’ उनले भने, ‘आलममाथि आवश्यक छानबिनका लागि आन्तरिक राजस्व कार्यालय ईटहरी पठाइएका छौं ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully