सोही नगरपालिका–८ चाँदनी चोकस्थित नहरमा उनी डुबेको अवस्थामा मृत भेटिएका हुन् । उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
राजविराज — घरबाट शनिबार बिहान चिया खाएर निस्केका सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ५० वर्षीय गोविन्द चौधरी दिउँसो चन्द्र नहरमा मृत भेटिएका छन् ।
सोही नगरपालिका–८ चाँदनी चोकस्थित नहरमा उनी डुबेको अवस्थामा मृत भेटिएका हुन् । उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट पुगेको प्रहरीले मुचुल्कापछि शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर लेखबहादुर विष्टले जानकारी दिए । ‘मृत्युको कारण स्पष्ट हुनसकेको छैन तर उनमा अलिक मानसिक समस्या रहेको जानकारीमा आएको छ,’ उनले भने ।
