सोमबार बलान नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक खोजीका क्रममा मृत फेला परेका हुन् ।
सिरहा — सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा डुबेका बालक मृत अवस्थामा भेटिएका छन् ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३ परियारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव मृत भेटिएका हुन् ।
हुलाकी राजमार्गअन्तर्गत बलान नदीको पुल छेउमा उनी सोमबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजबिन गरे पनि भेटिएका थिएनन् ।
तर, बर्दिबासबाट आएको गोताखोर टोलीले मंगलबार बिहान करिब साढे ११ बजेको समयमा पुलभन्दा करिब ५० मिटर दक्षिण नदीमा डुबिरहेको अवस्थामा बालकलाई मृत फेला पारेको हो ।
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी कैलाश राईले बताए ।
