पर्साको ठोरीमा नुहाउने क्रममा डुबेर दाजुभाइको मृत्यु

ठोरी गाउँपालिका–२ मा ढेँडु खोलामा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो ।

श्रावण २७, २०८२

शंकर आचार्य

Siblings drowned while bathing in Parsa's thori

पर्सा — ठोरी गाउँपालिका–२ मा ढेँडु खोलामा नुहाउने क्रममा मंगलबार बिहान दुई बालक दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मनोज कठायतको ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय छोरा आयांश कठायत छन् । खोलामा नुहाउने क्रममा अचानक डुबी पानी माथि तैरिरहेको अवस्थामा स्थानीयले देख्नासाथ उद्धार गरी ठोरी स्वास्थ्य चौकीमा लगी जाँच गर्दा ती बालकहरूको मृत्यु भइसकेको थियो ।

इलाका प्रहरी कार्यालय ठोरीबाट प्रसनी मुन्ना साहको कमान्डमा खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रनि शैलेन्द्र खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पुर्‍याएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully