बलान खोलामा नुहाउन पुगेका किशोर बेपत्ता

बिहानैदेखि उनको खोजी भइरहे पनि उनी फेला पर्न सकेका छैनन् ।

श्रावण २६, २०८२

विद्यानन्द राम

A teenager who went to bathe in the Balan River has gone missing

राजविराज — सप्तरी र सिरहा जिल्लाको सिमाना बलान खोलामा डुबेर एकजना किशोर बेपत्ता भएका छन् ।

सोमबार बिहान सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका १७ वर्षीय धनश्याम यादव खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । बिहानैदेखि उनको खोजी भइरहे पनि फेला पर्न सकेका छैनन् ।

सिरहाबाट विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरीका इन्स्पेक्टर दिनेश बम्जनको नेतृत्वमा खोजी कार्य भइरहेको छ भने सशस्त्र प्रहरीकै डीएसपी नन्दराज राईको नेतृत्वमा थप १५ जना प्रहरी खोजीमा खटिएको छ । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully