घटनापछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ।
सर्लाही — सर्लाहीको बलरास्थित मनुस्मारा खोलामा डुबेर किशोरीको मृत्युु भएको छ ।
बलरा नगरपालिका–६ मिर्जापुरकी १६ वर्षीया रंगिलाकुमारी बैठाको मनुस्मारा खोलामा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार बैठा शनिबार घाँस काट्न गएकी थिइन् । घाँस बोकी घर फर्कने क्रममा पुरानो मनुसमारा खोला तर्ने बेलामा खुट्टा चिप्लिएर उनी लडेकी थिइन्। लड्ने क्रममा उनको टाउको जलकुम्भीमा फसेर डुबी उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनापछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ।
