उपचारकै क्रममा लोकेन्द्रको दिउँसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
राजविराज — सप्तरीको राजविराज नगरपालिका-१ पडरियामा शुक्रबार भाइले गरेको बञ्चरो प्रहारबाट दाजुको मृत्यु भएको छ । बिहान घरायसी विवाद हुँदा ३० वर्षीय भाइ नरेन्द्र झाले ४० वर्षीय दाजु लोकेन्द्र झामाथि बञ्चरो प्रहार गरेका थिए ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका लोकेन्द्रलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरिएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उपचारकै क्रममा लोकेन्द्रको दिउँसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
दाजुभाइबीच भएको विवादको करण स्पष्ट हुन सकेको छैन । घटनापछि फरार रहेका नरेन्द्रको खोजी भइरहेको जनाएको छ ।
