जबरजस्ती करणी गरेको आरोपमा २ पक्राउ

घटना गराएपछि फरार भएको उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा वीरगन्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट उनीहरु पक्राउ परेका हुन् ।

श्रावण २०, २०८२

शंकर आचार्य

2 arrested on charges of coercion

पर्सा — महिलालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-२ सिसियारी घर भई हाल वीरगन्ज महानगरपालिका-१३ राधेमाईमा नेक मोटरसाइकल वर्कसप संचालन गरी बसेका ४० वर्षीय नेक महम्मद र सोही वर्कसपमा काम गर्ने रौतहटका २१ वर्षीय अफताब अन्सारी हुन् ।

२०८२ वैशाख २३ गते वीरगन्ज बसपार्क क्षेत्रकी एक महिलालाई गोठबाट घर फर्कने क्रममा बाटोमै समाइ नजिकै लजमा पुर्‍याएर जबरजस्ती करणी गरेको उनीहरुमाथि आरोप छ । 

घटना गराएपछि फरार भएको उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा वीरगन्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीअन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद लिइ अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully