कोशीमा वर्षकै उच्च बहाव

दिउँसो २ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ ।

श्रावण १८, २०८२

विद्यानन्द राम

Highest flow of the year in Koshi

राजविराज — पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो २ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

उनका अनुसार नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको छ । बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने २६ वटा ढोका खुला गरिएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully