सर्लाहीमा घर भत्किँदा बालकको मृत्यु

गाउँमा मान्छे बस्न छाडेको घर भत्किँदा खेलिरहेका बालक च्यापिएका थिए ।

श्रावण १४, २०८२

ओमप्रकाश ठाकुर

A child died in a house collapse in Sarlahi

सर्लाही — सर्लाहीको चन्द्रनगरमा बुधबार पुरानो घर भत्किँदा एक बालकको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका-६, कामदका नवीन सिंहको पुरानो घर भत्किँदा स्थानीय गौतम माझीका छ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको हो । 

मान्छे बस्न छाडेको २० वर्ष भइसकेको भग्नावशेष घरमा खेलिरहेका माझी अचानक घर भत्किँदा भित्रै च्यापिएका थिए । सशस्त्र द्वन्द्वको समयमा नवीन सिंहको परिवारले २०६२ सालतिर घर छाडेर काठमाडौं गएका थिए । 

सिंहको परिवारले छाडेको घरमा गाउँका बालबालिका भेला भएर खेल्ने गरेका थिए । बालबालिका खेलिरहेकै बेला माटो र इँटा जोडेर बनाइएको घर भत्किएको प्रहरीले जनाएको छ । भत्किएको घरभित्र अन्य बालबालिका पनि पुरिएको आशंकामा प्रहरीले डोजरको सहारामा इँटा पन्छाउने काम गरेका थिए, तर त्यसमा अरु कोही फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully