पर्सा — प्रहरीले लागुऔषधसहित पर्साबाट एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार साँझ साढे ६ बजेतिर पर्सा पकाहामैनपुर गाउँपालिका–१ धोरेस्थित सडकखण्डमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा पैदल आइरहेका पकाहामैनपुर गाउँपालिका–२ मधुबनीका २२ वर्षीय दिलीपकुमार सहनीले निलो रंगको झोलामा आलु, प्याजभित्र लुकाइछिपाइ ल्याउँदै गरेको लागुऔषध प्रहरीले बरामद भएको हो ।
उनको साथबाट बुप्रेनोफिन, नुफिन, डाइजेपाम र प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १ सय ५० को दरले ४ सय ५० एम्पेलु बरामद भएको छ ।
सहनीलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ लागुऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।
