विद्युतीय रिक्सा चार्ज गर्दा दम्पतीको करेन्ट लागेर मृत्यु

श्रावण १०, २०८२

रासस

Couple dies of electrocution while charging electric rickshaw

राजविराज (सप्तरी) — सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ  । 

स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंगको विद्युतीय सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए ।

प्रहरी निरीक्षक राईका अनुसार उनहरुको आफ्नै घरमा घटना भएको हो । श्रीमान्‌लाई करेन्ट लागेपछि छुटाउन जाँदा श्रीमतीलाई पनि करेन्ट लागेको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

रासस

Link copied successfully