राजविराज — सप्तरीमा १२ घण्टादेखि सम्पर्कविहीन रहेका एक शिक्षक शुक्रबार बिहान मृत भेटिएका छन् । बिहीबार साँझ घरबाट निस्केका जिल्लाको डाक्नेश्वरी नगरपालिका–४ कुशहाका २७ वर्षीय रामकिसुन राय मृत भेटिएका हुन् ।
साँझदेखि सम्पर्कविहीन भएका रायलाई परिवारजनले रातिसम्मै खोजतलास गर्दा पनि भेटिएन । बिहान साढे ६ बजेतिर स्थानीयले सोही टोलस्थित कोशी नहरको बाटो छेउमा राय मृत भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले कानुनी प्रक्रिया पूरा गरेपछि थप अनुसन्धान भइरहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । मृतक राय स्थानीय विद्यालयमा शिक्षकका रुपमा कार्यरत थिए ।
