ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

श्रावण ६, २०८२

शंकर आचार्य

A young man died of electrocution while charging an e-rickshaw

पर्सा — ई-रिक्सा रिचार्ज गर्ने क्रममा करेन्ट लागेर वीरगन्जमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२४ रामगढवा निवासी २६ वर्षीय जाहिर अन्सारी छन् ।

सोमबार बिहान ११ बजेर १० मिनेटमा आफ्नै घर अघिल्तिर आफ्नो ई-रिक्सा रिचार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । तत्कालै तराई अस्पतालमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

अन्सारीको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

शंकर

Link copied successfully