राजविराजमा टहराबाटै लागूऔषध बिक्री, लाखौं नगदसहित कारोबारी पक्राउ

श्रावण ५, २०८२

विद्यानन्द राम

Selling drugs from a terrace in Rajviraj, businessman arrested with lakhs of cash

What you should know

राजविराज — सप्तरीको राजविराज नगरपालिका–७ स्थित मुख्य बजारमा टहराबाट लागूऔषध बिक्री गरिरहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय नारायणबहादुर कार्की रहेका छन् ।

राज रंगशालामा पूर्वतर्फ दर्शकलाई बस्नका लागि बनाइएको भर्‍याङमुनि जस्ताले छाएको टहराबाट बस्दै आएका कार्कीले त्यहीँबाट लागूऔषध बिक्री गरिरहेको भनि सूचनाका आधारमा खटिएको प्रहरीले लागूऔषध र नगदसहित उनलाई पक्राउ गरेको हो । 

टहरामा राखिएको झोलाबाट स्पास्म प्रोसिभोन प्लस तीन सय ८२ क्याप्सुल, नाइट्राजेपाम आइपी एक सय ४९ र नाइट्राभेट एक सय ५४ क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनकाअनुसार टहराबाटै ७९ वटा पोका बनाइएको तीन सय ११ ग्राम गाँजा पनि बरामद भएको हो । टहराको ओछ्यान मुनिबाट दुई लाख ५० हजार ५ सय १० रुपैयाँ नेपाली र ६ हजार ३ सय ३० भारतीय रुपैयाँ नगद समेत बरामद भएको छ । पक्राउ परेका कार्कीमाथि लागूऔषध मुद्दामा म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully