व्यापारीले तरकारी किनेनन्, किसानले लालबन्दीमा गरे राजमार्ग अवरुद्ध

श्रावण ४, २०८२

ओमप्रकाश ठाकुर

The traders didn't buy vegetables, the farmers blocked the highway in protest

What you should know

सर्लाही — व्यापारीले तरकारी नकिनेपछि किसानले आइतबार बिहानदेखि सर्लाहीको लालबन्दीस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । 

बिक्रीका लागि लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रमा ल्याएकाे तरकारी व्यापारीहरुले खरिद नगरेपछि किसान तरकारी नै बाेकेर राजमार्गमा उभिएका हुन् । आफूले उत्पादन गरेको तरकारी व्यापारीले नकिनेपछि बाध्य भएर राजमार्गमा आउनुपरेको किसानको भनाइ छ । यता राजमार्ग अवरुद्ध हुँदा लामाे दुरी चल्ने सवारीसाधनकाे लाम लागेकाे छ । यात्रुले सास्ती खेपिरहेका छन् ।

नगरपालिकाले निकासी कर लगाएकाले थाेक व्यापारीहरुले किसानकाे तरकारी नकिनेकाे कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमाेद थपलियाले जानकारी दिए । यसअघिकाे नगर प्रमुख, दलीय प्रतिनिधि र व्यापारीबीच भएको छलफलमा साउनदेखि लागू हुने नयाँ करको विषयमा नगरसभाबाट निर्णय गर्ने सहमति भएकामा त्यसको कार्यान्वयन नभएकाले तरकारी खरिद गर्न नसकिएको उनले बताए । 

लालबन्दी बजार विशेषगरी टमाटर, बाेडी लगायतका तरकारी उत्पादनका लागि चर्चित मानिन्छ । यहाँ उत्पादित ताजा तरकारी राजधानी काठमाडौंदेखि देशका विभिन्न ठूला सहरसम्म पठाइने गरिन्छ । लालबन्दीबाट दैनिक लाखौंको तरकारी निकासी हुँदै आएको छ ।

ओमप्रकाश

Link copied successfully