What you should know
रौतहट — रौतहटको चन्द्रनिगाहपुर–गौर खण्डमा बिहीबार राति पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एकजना घाइते छन् । घटनालगत्तै फरार भ्यानका चालक शनिबार दिउँसोसम्म फेला परेका छैनन् ।
गरुडा नगरपालिका–८ जिगडियाचोकमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ आउँदै गरेको ना ५ च १५८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए । साहको बेटर नेपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक साह गरुडाबाट बीआर३०यु ४४१४ नम्बरको मोटरसाइकल चढेर चन्द्रनिगाहपुरतर्फ जाँदै थिए ।
मोटरसाइकलपछाडि रहेका गरुडा–८ का शम्भु साह घाइते छन् । दाहिने खुट्टा र बायाँ हातमा चोट लागेका उनको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको छ । भ्यानका चालकको खोजी भइरहेको डीएसपी कार्कीले बताए ।
