What you should know
सर्लाही — सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक बैद्यनाथ दास तस्करसँग पैसा मागेको आरोपमा निलम्बनमा परेका छन् ।
तस्करसँग मोलमलाइ गरेको टेलिफोन संवाद सार्वजनिक भएपछि दासलाई जिम्मेवारीमुक्त गरिएको हो । शुक्रबार बिहान मोलमोलाइको संवाद बाहिरिएपछि दासलाई इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले तस्कर र प्रहरी नायब निरीक्षक दासबीच भएको टेलिफोन अडियोको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाउँदै हाललाई निलम्बनमा राखिएको जानकारी दिए ।
सार्वजनिक अडियोमा प्रहरी नायब निरीक्षक दासले एक जना तस्करसँग तस्करी कार्यमा सघाउन १८ हजार रुपैयाँ माग गरेको सुनिन्छ । दास यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि घुस रकम मागेको आरोपमा निलम्बनमा परेका थिए ।
