डिभिजन वन सर्लाहीका प्रमुख झा मधेस प्रदेश सरकारबाट सम्मानित 

श्रावण १, २०८२

ओमप्रकाश ठाकुर

Chief of Division One Sarlahi, Jha Madhes honored by the state government

सर्लाही — डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झा बिहीबार मधेस प्रदेश सरकारबाट सम्मानित भएका छन् । वन संरक्षण तथा अतिक्रमण नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै वन अधिकृत झालाई सरकारले सम्मान गरेको हो । 

मुख्यमन्त्री सतिशकुमार सिंहले एक विशेष समारोहमा झालाई कदरपत्र प्रदान गर्दै प्रदेश सरकारको तर्फबाट सम्मान गरेका हुन् ।

सागरनाथ वन विकास परियोजना र सर्लाही जिल्लाको वन क्षेत्र व्यवस्थापनमा झाको दीर्घकालीन योगदानलाई मुख्य आधार मान्दै सम्मान गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । झाले बागमतीस्थित परियोजनाको जग्गा अतिक्रमण गरी मानव निर्मित ताल बनाएका तत्कालीन मेयर भरत थापा लगायतलाई प्रतिवादी बनाइ अदालतमा मुद्दा  दायर गरेपछि उनको कार्यको सराहना भइरहेको छ । 

विगत लामो समयदेखि यो मुद्दा वन कार्यालयमा विचाराधिन अवस्थामा थियो । 

ओमप्रकाश

Link copied successfully