जनकपुरधाम — मधेश प्रदेशसभाको चालु आधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् ।
मधेश सरकारको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य गरेकी हुन् ।
मधेस प्रदेशसभाको पाँचौ अधिवेशन जेठ २१ गतेदेखि सुरु भएको थियो । यस अधिवेशनमा कुल २२ वटा बैठक बस्दा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएर पारित भएको थियो ।
