जनकपुरधाम — मधेश प्रदेश सभाको आजको बैठक प्रतिपक्ष दलका सांसदहरूले बहिष्कार गरेका छन्।
प्रदेश सभालाई छलेर सरकारले योजना ल्याएको आरोप लगाउँदै बैठक बहिष्कार गरेका छन्। तर प्रदेश सभा बैठक सञ्चालन भइरहेको छ। आजै सरकारले बजेट पास गराउने तयारी समेत गरेका छन्।
प्रमुख प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले सभामुख निष्पक्ष नभएको गुनासो गरे। उनले सभामुखको राजीनामा माग गरे। लोकतान्त्रिक अभ्यासमा प्रतिपक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्नु र बजेट पारित गराउनु गलत भएको उनको भनाइ छ।
आजको बैठक जसपा, नेकपा एकीकृत समाजवादी, नेकपा माउवादी, नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्तिका सांसदहरुले बैठक बहिष्कार गरेका छन्।
